दफा ५२क
विशेषज्ञ साक्षी बुझ्ने व्यवस्था:
(१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विशेषज्ञ साक्षीको बकपत्रको लागि:तोकिएको दिन बकपत्र गर्न उपस्थित हुन नसक्ने भई सोही व्यहोराको लिखित जानकारी प्राप भएमा अदालतले त्यस्तो विशेषज्ञलाई उपयुक्त समयमा /बकपत्रको लागि उपस्थित हुन आदेश दिन सक्नेछ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै मुद्दामा विशेषज्ञ राय व्यक्त गर्ने विशेषज्ञको मृत्यु भएमा वा अन्य कुनै कारणले निजलाई बुझ्न सक्ने अवस्था नभएमा र विशेषज्ञलाई नबुझी नहुने भएमा सोही विषयको अर्को विशेषज्ञबाट बिशेषज्ञ राय बुझ्न सकिनेछ ।